“क्रिस्टियानो रोनाल्डोले ड्रीबल समेत गर्न सकेनन् र शारीरिक रूपमा संघर्ष गर्दै थिए”

कोप्पा इटालियाको फाइनलमा क्रिस्टियानो रोनाल्डोको नेपोली बिरूद्ध फितौलो प्रदर्शनको कारण इटालीका पूर्व स्ट्राइकर लुका टोनीलगायत प्रशंसक र आलोचकहरूले उनकोकेही आलोचना गरेका छन्।

युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोप्पा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा खेलमा नेपोलीले युभेन्टसमाथि पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै उपाधि हात पारेकाे थियो ।

तर धेरैका लागि कुराको विषय रोनाल्डोको प्रदर्शन रहेको छ लुका टोनीले रोनाल्डोको बारे बोलेका छन्।

४३ वर्षीय पुर्व बायर्न म्यूनिख र युभेन्टसका स्ट्राइकरले दावी गरे कि पाँच पटकको बलोन डि’ओर विजेता रोनाल्डोले उक्त खेलमा “ड्रीबल समेत गर्न नसकेको” र हाल शारीरिक रूपमा संघर्ष गर्दै गरेको देखिन्थ्यो।

“यो हारले क्रिस्टियानो रोनाल्डोको खेलको गिरावट पनि देखिएको छ ,” उनले खेल पछि राई उनोलाई भने।

“पोर्तुगालका स्टारलाई शारीरिक रूपमा कठिनाई भएको देखिन्छ र उनले एक खेलाडीलाई पनि ड्रीबल गर्न सकेनन्।”

युभेन्टसका प्रबन्धक मौरिजियो सार्रीले पनि पुर्व म्यानचेस्टर युनाइटेड स्टारको फिटनेस बारे बोले।

“उनी (रोनाल्डो) अरूको जस्तै आकारमा छन्, जस्तै डिबाला र कोस्टा, उनको लागि उत्तम काम क्षमतामा शार्पनेस बढाउने हो ।” उनले भने।

“मैले खेल पछि खेलाडीहरूलाई धेरै कुरा गरिन। म उनी जस्तै क्रोधित थिएँ र निराश थिएँ, त्यसैले यी क्षणहरूमा चुप लाग्नु उत्तम हुन्छ। भोली बिहान हामी अझ राम्रो कुरा गर्ने छौं।”