इटालियन सिरी ‘ए’ फुटबलमा साबिक विजेता युभेन्ट्सले सहज जित निकालेको थियो । शनिवार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २-० गोल अन्तरले पराजित गरेको थियो। खेलको १३औ मिनेटमा रोनाल्डोले पहिलो गोल गरे तर सो खेलमा उनी आफ्नो दोस्रो गोलको धेरै नजिक थिए।
Cristiano Ronaldo didn’t believe the referee when he said his shot didn’t go over the line 😅 pic.twitter.com/1KWDeJK3yF
— ESPN FC (@ESPNFC) February 6, 2021
२२औ मिनेटमा उनी आफ्नो दोस्रो गोल गर्न धेरै नजिक थिए तर रेफ्रीले आफ्नो घडीबाट प्राप्त भएको जानकारी पछि उनको सटले गोल-लाइन पार नगरेको सङ्केत गरे जुन कुरालाई रोनाल्डोले विश्वास गर्न सकेनन् र उनले रेफ्रीको घडी हेर्न प्रयास गरे। रोनाल्डोको सो प्रयासबाट रेफ्री नै हाँसे पुगे।
Cristiano Ronaldo was positive his shot crossed the line 👀
Trust no one, not even the ref and certainly not goal-line technology ⌚️ pic.twitter.com/4mn9gDUxM4
— International Champions Cup (@IntChampionsCup) February 6, 2021
रोनाल्डो आफ्नो दोस्रो गोलको धेरै नजिक थिए र उनको रेफ्रीको निर्णय प्रतिको प्रतिक्रिया हास्यास्पद रहेको थियो।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र रोजर इबानेजले एक एक गोल गरे । खेलको १३ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६९ औँ मिनेटमा रोजरले गोल गर्दा युभेन्ट्स २-० ले विजयी भयो । जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ ।