“क्रिस्टियानो रोनाल्डोको उमेर धेरै भैसक्यो, उनि बायर्न म्युनिखमा खेल्न सक्दैनन्”

बायर्न म्युनिख आफ्नो नयाँ स्थानान्तरण लक्ष्यको बारे खुलेर बोल्ने गर्छन।

बायर्नले धेरै खेलाडी माथि चासो राखेको छ र बायर्नले सो कुराहरु स्वीकार पनि गर्ने गर्छन तर बायर्नको दाबी छ कि क्रिस्टियानो रोनाल्डो माथि क्लबको चासो रहेको छैन।

 क्लबका अध्यक्ष हर्बर्ट हेनरका अनुसार बायर्नमा खेल्नको लागि क्रिस्टियानो रोनाल्डोको ‘उमेर ढल्किसकेको’ छ।

“पक्कै पनि मिडियामा खेलाडीहरूको नाम क्लबमा जोडेर आउने गर्दछ र त्यो कुरा पूर्ण रूपमा बुझ्ने कुरा हो,” उनले भनेका थिए।

“तर क्रिस्टियानो रोनाल्डोको उमेर धेरै भैसक्यो, हाम्रो क्लबको लागि।

पोर्तुगलका सुपरस्टार ३५ वर्षका भएका छन्, तर पनि उनको प्रदर्शन निकै उत्कृष्ट रहेको छ । ३० वर्ष पुग्नदेखि रोनाल्डोले २७७ खेलमा २५९ गोल गरेका छन्। त्यस समयमा उनले २६ ह्याट-ट्रिकहरू पनि गरेका छन्।

यो सीजनमा मात्र, सीआरले २७ खेलमा २२ गोल गरेका छन्