क्रिस्टियानो रोनाल्डोको आगमनले युभेन्ट्सलाई के सिकायो, यस्तो छ युभेन्ट्समा तर्क

युभेन्ट्समा क्रिस्टियानो रोनाल्डोको प्रवेशले क्लब र इटालियन फुटबलमा निकै परिबर्तन र शैलीमा परिवर्तन भएको पाउन सकिन्छ साथै युभेन्ट्सकै मुख्य गोल रक्षक ‘सेज्नी’ भन्छन क्लबले डिफेन्स सिकेको छ। गएको खेल रोमा विरुद्ध युभेन्ट्समा युभेन्ट्सले अर्को क्लिन सिट प्राप्त गरेको छ फलत क्लबले पूर्ण १७ खेलमा ७ क्लिन सिट लिन सफल छ भने पूर्ण खेलमा सिर्फ ८ गोल खाएको छ।

यो देख्दा क्लबमा डिफेन्स हाबी भएको देखिन्छ र क्लबका गोल रक्षक समेत रोनाल्डोको प्रवेशले नै यो सम्भब भएको दाबी गर्दछन। युभेन्ट्सले सिरी-ए मा कुनै खेल हरेको छैन भने सिर्फ १ खेल बराबरी खेलेको छ।

युभेन्ट्सको सुन्दर ४३ गोलमा रोनाल्डोको ११ गोल रहेको छ भने युभेन्ट्सका गोल रक्षक सेज्नी भन्छन क्लबले डिफेन्सलाई ध्यान दिदै रोनाल्डोलाई फ्रन्ट लाइनमा स्थान दिनु पर्छ। साथै क्लबले नया पाठ सिक्दै गरेको पनि उनको खुलासा छ, क्लबले राम्रो डिफेन्स खेलेको खण्डमा युभेन्ट्सको अट्याक यतिकै बढ्ने बताउछन। साथै क्लबले रोमासंगको खेलमा १-० को जित निकाल्नु निकै ठुलो उनि ठान्छन।

क्रिस्टियानो रोनाल्डोले युभेन्ट्स मार्फत १२ गोल पूर्ण खेलमा गरी सकेका छन्। तर यो नतिजा निकै कम भएको फुटबल पुन्दिट्सको रहेको पाइन्छ। इटालियन फुटबल पुन्दित गाब्रियल मर्कोटि भन्छन सायद रोनाल्डो उच्च गोल गर्न सक्षम क्षेत्रबाट (मद्रिड) कम गोल र उच्च डिफेन्स खेल हुने क्षेत्र प्रवेश हुनुले प्रभाब पारेको बताउछन।

पूर्ण युभेन्ट्सले ४३ गोल गरिसकेको छ तर यसै अवस्थामा रोनाल्डो रहदा रियलमा ५८ गोल भै सकेको थियो।
तर पनि युभ्नेट्सले सिरी-एमा ८ अंक सफाई गर्दै अंक तालिकामा उच्च स्थानमा छ। हुन त युभेन्ट्सको कुनै नसा छैनन गोल गर्ने तर जित सुनिश्चितता भने अबस्य छ।