क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले आफ्नै घरमा जित्न सकेन खेल

इटालियन सिरी ए फुटबलमा साबिकको विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स जिनोआसंग १ – १ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाडेको हो । लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले खेलको १८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट अग्रता बनाएको थियो ।

तर, रोनाल्डोको गोलबाट सुरुवाती अग्रता बनाएको युभेन्ट्सले अग्रता जोगाउन सकेन । खेलको ३० औं मिनेटमा ड्यानियल बेस्साले गोल गर्दै जेनोआलाई खेलमा फर्काए ।
दोस्रो हाफमा थप गोल हुन् सकेन र खेल १ – १ गोलको बराबरीमा सकियो ।

बराबरी पछि पनि युभेन्ट्स ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थान यथावत राखेको छ । १३ अंक जोडेको जेनोआ लिगको दशौं स्थानमा छ ।

लिगको दोस्रो स्थानमा रहेको नेपोलीको २१ अंक छ । नेपोलीले शनिबार उडीनेसलाई ३ – ० ले हराएको थियो ।