क्रिस्टियानो रोनाल्डोको लियोन बिरुद्ध यस्तो उत्कृष्ट गोल

युभेन्टसविरुद्धको दोस्रो लेगको खेल शुक्रबार २–१ ले गुमाएर पनि लियोनले युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल यात्रा तय गरेको छ । क्रिस्टियानो रोनाल्डोले खेलमा दुई गोल गरे पनि त्यो युभेन्टसका लागि पर्याप्त रहेन ।

उक्त खेलमा रोनाल्डोले निकै राम्रो प्रदर्शन गरेका थिए तर लियोन ‘अवे गोल’ को आधारमा अन्तिम आठमा पुग्न सफल भयो। त्यो खेलमा रोनाल्डोले डि बक्स बाहिरबाट निकै राम्रो गोल गरेका थियो र उक्त गोल हाल सामाजिक संजालमा भाइरल भएको छ धेरैले उनको प्रशंसा गरेका छन्।

युभेन्टस उक्त खेलमा १-० ले पछि परेको बेला रोनाल्डोले डि बक्स बाहिरबाट निकै उत्कृष्ट गोल गरेर खेल १-१मा लग्न सफल भए। उनको गोलबाट फ्यानहरु धेरै खुसी थिए र त्यो गोलबारे सामाजिक संजालमा धेरै चर्चा भएको छ।

यो सिजन उनले युभेन्टसको लागि ३६ गोल गर्दै ९५ वर्ष पुरानो रेकर्ड पनि तोडे- र उनि आफ्नो क्यारियरमा च्याम्पियन्स लिगको नकआउट खेलहरुमा ६७ गोल पुरा गर्न सफल भएका छन्।