क्रिस्टियानो रोनाल्डोको छोरा युभेन्टस U-9 टीमसँग प्रशिक्षण सुरु

क्रिस्टियानो रोनाल्डो जूनियरले युभेन्टस U-9 टीमसँग प्रशिक्षण सुरु गरेको छ।

पोर्चुगलको स्टार खेलाडी युभेन्टसका लागि साइन गरेर आफ्नो सम्पूर्ण परिवारलाई पनि युभेन्टस ल्याए।

रोनाल्डोले हालै खुलासा गरेको छ कि उनको जेठो छोरा एक दिन फुटबलर बनेको हेर्ने उनको ठुलो सपना छ ।

“मलाई मेरो छोरा फूटबल खेलाडी बनेको हेर्ने ठुलो चाहाना छ, उ संग राम्रो शरीर छ र राम्रो फूटबल पनि खेल्छ,” रोनाल्डोले गत हप्ता भने ।

“तर, त्यो उसैको निर्णय हुने छ, उ अहिले निकै सानो छ । म उसलाई दबाब दिन्न, तर अवस्य मलाई उ फूटबल खेलाडी बनेको हेर्न मन छ ।”