क्रिश गेलले शतक हानेपछि पञ्जावले हैदराबादलाई हरायो

इण्डियन प्रियिमर लिग आइपीएलमा किंग्स् एलेभेन पञ्जावले सनराइजर्स हैदराबादलाई हराएको छ ।

वेष्ट इण्डिजका ब्याट्सम्यान क्रिशगेलले शतकिय रनको विस्फोटक पारी खेल्दा पञ्जावले हैदराबादलाई १५ रनले हरायो । चण्डिगढस्थित घरेलु मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको पञ्जावले २० ओभरमा ३ विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।

पञ्जावको पारीमा गेलले अविजित १०४ रन बनाएका थिए । ६३ बल खेलेका गेलले ११ छक्का प्रहार गरेका थिए । यस्तै करुण नैरले पनि ३१ रनको योगदान दिए भने केएल राहुल र मायांक अग्रवालले १८–१८ रन जोडे ।

१९४ रनको लक्ष्य पछ्याएको हैदराबाद २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रनमा सिमित भयो । हैदराबादका केन विल्ह्यामसन (५४) र मनिष पाण्डे (५७) ले अर्धशतक पार गरेका थिए भने शकिव अल हसनले २४ रन बनाए ।

हैदराबादलाई हराउनका लागि बलिङ तर्फ मोहित शर्मा र एन्ड्रु टाईले २–२ विकेट लिए ।
तेस्रो जित हात पार्दै पञ्वावले लिग तालिकामा ६ अंक सहित तेस्रो स्थानमा छ । हैदराबाद पनि समान अंक सहित दोस्रो स्थानमा छ ।