क्रिश्चियन एरिक्सेनले इटालीमा खेल्ने अनुमति पाएनन्

डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सनले यो सिजन इन्टर मिलानबाट खेल्न नपाउने भएका छन् खबर अनुसार सिरी एको मेडिकल “आवश्यकताहरू” पूरा गर्न उनी असफल भएपछि यो सिजन इन्टर मिलानको लागि खेल्न सक्ने छैनन्।

युरो २०२० को ग्रुप ए को फिनल्यान्ड र डेनमार्क बिचको खेल खेलमा डेनमार्कका मिड्फिल्डर क्रिश्चियन एरिक्सन खेलको बिचमा मुटुको समस्याको कारण लडेका थिए भने सो पछि उनी खेलमा फर्केका छैनन्।

उनको मुटुको समस्याको कारण उनले आफ्नो सरिरमा इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर(आईसीडी) जडान गर्नु परेको थियो र उक्त यन्त्र जडान भएका खेलाडीले सिरी एमा खेल्न केही मेडिकल “आवश्यकताहरू” पूरा गर्नु पर्ने हुने छ जुन गर्न एरिक्सन असफल रहेका छन्।

यद्यपि खेलाडीको हालको अवस्थाले इटालीमा खेलकुद फिटनेसको आवश्यकताहरू पूरा गर्दैन, तर अन्य देशहरू उनको हालको अवस्थामा पनि खेल्न पाउने नियम रहेको छ र उनले इटाली बाहिरको क्लबमा खेल्न सक्ने छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ