क्रिश्चियन एरिक्सन बेच्न सहमत टोट्टेन्हम

इटालीमा रहेको विभिन्न संचारका अनुसार इन्टरले टोट्टेन्हमको मिडफिल्डर क्रिश्चियन एरिक्सन भित्राउनको लागि क्लबसँग €१८ मिलियनको सम्झौता भएको जनाएका छन।

धेरै लामो बार्तलाब पछि टोट्टेन्हमले यो प्रस्ताव स्विकारेको हो। एरिक्सनको सम्झौता यसै बर्षको जुलाईमा सकिदै छ। उन्ले इन्टरसँग २०२४ जुनसम्मको सम्झौता स्विकारेका छन भने वार्षिक €८ मिलियन पारिश्रमिक पाउने छन।

टोट्टेन्हमले एरिक्सनलाई ६ महिना पछि गुमाउनु भन्दा €१८ मिलियनमा बेच्न चाहेको हो।

इन्टरले अन्तत: टोट्टेन्हमलाई सुरुमा €१८ मिलियन तिर्ने छन भने €२ मिलियन केही समय पछि तिर्नु पर्ने हुन्छ।

अहिलेको अवस्था सबै सामान्य रहेमा उन्को मेडिकल जाच सोमबार हुने छ। यधपी, आईतबार क्यग्लेरीबिरुद्ध हुने खेलको लागि उन्लाई मेडिकल अघी गराउन सक्दछ।