क्रिकेट विवादको गाँठो फुक्यो– सर्बोच्चको मुद्दा फिर्ता लिने क्यानको निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको निलम्बन फुकुवाका लागि मार्ग प्रसस्त गर्न नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषदलाई विपक्षी बनाएर दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

नेपाल क्रिकेट संघ केन्द्रीय कार्यसमितिको शनिबार काठमाडौंमा बसेको बैठकले बिक्रम सम्वत २०७२ पुस २८ गते राखेपलाई विपक्षी बनाउँदै सर्बोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषदले निर्वाचित क्यानलाई मान्यता नदिई रमेश सिलवालको नेतृत्वमा तदथृ समिति गठन गरेसँगै क्यानका पदाधिकारीले सर्बोच्चमा मुद्दा दायर गरेका थिए । त्यसको चार महिनापछि २०७३ बैशाखमा क्रिकेटमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले नेपाली क्रिकेटलाई निलम्बनको निर्णय गरेको थियो ।

Via:- Neplays