क्रिकेट रंगशाला निर्माणका लागि जग्गा भेटियो!

 

सितारम कट्टेल ‘धुर्मुस’को टोली अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सम्भावित स्थानको पहिचान गर्न विभिन्न जिल्लामा पुगेर काठमाडौं फर्किएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आर्इसीसी) को मापदण्डलाई ध्यानमा राखेर चाँडो निर्णय लिइने धुर्मुसले बताए । यसअघि क्रिकेटका लागि काठमाडौंको मुलपानी, कीर्तिपुर तथा भक्तपुरमा जग्गा हेरिएका थिए ।टोलीले रुपन्देही, चितवन र हेटौंडामा रहेका जग्गाहरुको स्थलगत अवलोकन गरेका हुन् । चोभारमा पनि रहेको सरकारी जग्गा पनि हेरिएको छ । यीनै मध्ये एउक ठाउँमा रंगशाला बन्ने धुर्मुस बताए । हेरिएका सबै जग्गाहरु रंगशाला निर्माणका लागि उपयुक्त देखिएको बताउँदै उनले खेलकुद सम्वद्ध सरकारी निकाय, क्रिकेट खेलाडीहरु लगायत सबै पक्षसँग बसेर निर्णयमा पुग्ने जानकारी दिए ।