क्रिकेट खेलेरै सन्दीप लामिछाने बने करोडपति, यति छ उनको कमाइ

नेपाली क्रिकेटका लेग स्पीनर सन्दीप लामिछाने क्रिकेटबाटै करोडपति बनेका छन् । १८ वर्षीय सन्दीप खेलको पारिश्रमिकबाटै करोडपति बनिसकेका हुन् । सन्दीपले नेपालको लागि एकदिवसीय लिस्ट ए र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले लिस्ट ए क्रिकेटमा नेपालका लागि ५० विकेट पूरा गरिसके भने एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट सर्वाधिक ८ विकेट लिइकसकेका छन् ।

टी–२० लिगहरुमा उत्कृष्ट खेलेका सन्दीपलाई सिप्रदीले २५ लाख पर्ने टाटा कार पनि दिइसकेको छ । टी–२० फ्रेन्चाइज लिगमा सन्दीपको पारिश्रमिक र प्रायोजन रकम निकै राम्रो छ । आइपीएल उनी २० लाख भारु अर्थात् नेपाली ३२ लाख कमाउछन् । यस्तै ग्लोबल टी–२० क्यानडाबाट ४० हजार अमेरिकी डलर अर्थात् नेपाली ४३ लाख २० हजार रुपैयाँ कमाउछन् भने सीपीएलबाट ५ हजार अमेरिकी डलर अर्थात नेपाली ५ लाख ४० हजार लाख कमाउछन् ।

यसैगरी सन्दीपले एपीएलबाट १५ हजार अमेरिकी डलर अर्थात् १७ लाख २५ हजार रुपैयाँ कमाउछन् भने सानिमा बैँक एम्बासडर बनेका उनले २ वर्षमा ९ लाख ६० हजार कमाउछन् । यस्तै अहिले सन्दीपसँग २५ लाख बराबरको सिप्रदीको टाटा कार पनि छ ।