एजेन्सी । रियल मड्रिड कोपा डेल रे प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको छ । क्यासेरेनोलाई १-० ले हराउदै रियलले अन्तिम १६ मा पुगेको हो ।
रियलको सांघुरो जितमा खेलको अन्तिम समयमा रोड्रिगोले निर्णायक गोल गरे ।
घरेलु क्लब क्यासेरेनोले रियललाई सहजै खेल सुम्पिएन । उसले अन्तिम समयसंग पनि रियललाई कडा प्रतिस्पर्धा दिए ।
तर, खेलको ८६ औं मिनेटमा रोड्रिगोको निर्णायक गोलमा रियल अर्को चरणमा प्रवेश गरेको छ ।
क्यासेनेरोले गत साता नेपालमा दुई मैत्रीपुर्ण खेल खेलेका थिए । उसले पुस १३ र १४ मा गण्डकी ११ र काठमाडौं ११ संग मैत्रीपुर्ण खेल खेलेको थियो ।
रियलले यसै साताको अन्तिममा ला लिगामा भिल्लारियलसंग खेल्नेछ ।