क्यारेवियन प्रिमियर लिगको धेरै बिधामा सन्दिप अगाडि

नेपाली युवा बलर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिगमा हिजो पनि उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिन सफल भए । कायरन पोलार्डको कप्तानीमा रहेको सेन्ट लुसिया स्टार्स विरुद्धको खेलमा सन्दिपले २ ओभर २ विकेट चट्काए ।

उनी सिपियलमा धेरै विकेट लीनेमा चौथो स्थान मा छन्। जारी चार खेलमा सन्दिपको सात विकेट लिइसकेका छन । यसअघि उनले एमाजोना विरुद्ध दुई, टी एण्ड टी राइटर्स विरुद्ध एक र तालावाज विरुद्ध दुई विकेट लिएका थिए ।

चार खेल खेलेका सन्दिप किफायती बलरमा दोस्रो नम्बर मा छन्। चार खेलमा सात विकेट लिएका सन्दिपको इकोनोमिक मात्र 4.85 छ।

यो टूर्नामेन्ट मा उनी बेस्ट बलिगं एभेरेजमा पहिलो स्थान मा छन्। चार खेलमा जम्मा १३ ओभरमा मात्र ९ को एभेरेजमा छन्।