क्यारेबियन प्रिमियर लिगमा सन्दीपको टिम विजयी, लिए स्टेभन स्मिथको उत्कृष्ट क्याच

वेस्टईन्डिजमा जारी हिरो क्यारेबियन टि-२० प्रिमियर लिग प्रतियोगिता अन्तर्गत पाँचौ खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मीलित टिम एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले बार्बाडोस ट्रिडेन्स विरुद्ध ६ विकेटको जित हात पारेको छ । जित सङ्गै एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्स अङ्क तालिकाको स्थानमा उक्लिएको छ ।

शनिबार बिहान भएको खेलमा टस हारेर ब्याटिङ गरेको बार्बाडोस ट्रिडेन्सले जितका लागि दिएको १४८ रनको लक्ष्य एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले ७ बल अगाबै ४ विकेट गुमाएर भेट्याएको थियो ।

इनिङको पहिलो बलमा नै कप्तान क्रिस गेललाई गुमाएको एस टि किट्स एन्ड नेभिस प्याट्रोईट्सले ८ रन जोड्दा दुई महत्त्वपूर्ण विकेट गुमाएका थिए भने ब्र्याण्डन किङ्गले उत्कृष्ट ६० रनको पारी खेल्दै टिमलाई ६ विकेटको जित दिलाएका हुन ।

बलिङतर्फ बार्बाडोस ट्रिडेन्सका महोम्मद इर्फानले सबैभन्दा उत्कृष्ट बलिङ गरेका थिए उनले ४ ओभरमा ३ ओभर मेडन राख्दै १ रन दिएर २ विकेट लिएका थिए भने आफ्नो स्पेलमा २३ बल डट राखेका थिए ।

यस अघि टस हारेर ब्याटिङ गरेको बार्बाडोस ट्रिडेन्सले कप्तान ज्यासन होल्डरको सर्वाधिक ५४ रनको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रनको मध्यम स्कोर खडा गरेको थियो । जारी प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलिरहेका सन्दिप लामिछानेले आजको खेलमा बलिङतर्फ असातित प्रभाव पार्न सकेनन ।

सन्दिप लामिछाने राष्ट्रिय टोलिबाट अगामी अगस्ट २९ बाट मलेसियामा सुरु हुने एसिया कप छनोट खेल खेल्न आज नै मलेसिया जाने कार्यक्रम रहेको छ ।