क्याम्प नोउमा बार्सिलोनाको दबदबा

बायर्न म्युनिख अन्तिम च्याम्पियन्स लिग खेल्ने टिम हो जस्ले क्याम्प नोउमा जित्न सफल रहयो। बायर्न म्युनिखले बार्सिलोनालाई ३-० ले पराजित गरेको थियो।

गए राती डोर्टमन्डबिरुद्ध जित निकाल्दै बार्सिलोना क्याम्प नोउमा आफ्नो अपराजित यात्रा ३५ खेलमा पुराएको हो। यो च्याम्पियन्स लिगको रेकर्डमा दोस्रो लामो अपराजित यात्रा रहेको छ भने ४३ खेल अपराजित रहदै बायर्न म्युनिखले रेकर्ड बनाएको छ।