क्याम्प नोउमा जिदान अपराजित

बुधबार राती क्याम्प नोउमा बार्सिलोनासँग ०-० को बराबरी खेल खेल्दै जिनेदिन जिदान पहिलो रियल म्याड्रिड प्रशिक्षक बन्न सफल भए जस्ले ५ खेलमा क्याम्प नोउमा हार बेहोरेको छैन।

क्याटालान्सको घरेलु मैदानमा जिदानको टोलीले ३ बराबरी र दुई जितका साथ अपराजित रहदै बार्सिलोनालाई जिदानबिरुद्ध खेल्न कठिन भएको देखिन्छ।

दुबै पक्षको हालको गोल रहित बराबरी खेल २००२ नोभेम्बर देखी सबै प्रतियोगितामा पहिलो गोल रहित खेल र ६२३५ दिन पछिको हो।

यो रियल म्याड्रिडका लागि सबै रेकर्ड ब्रेकिंग रात रहयो। सजियो रामोसले एल कालिस्कोमा ४३अौ खेल खेल्दै सबैभन्दा बदि सो खेल खेल्ने खेलाडि बन्न सफल भएको छ।

लस ब्ल्यान्कोसको लागि यो एउटा राम्रो परिणाम रहेको छ र बराबरिसंगै बार्सिलोना भन्दा गोल अन्तरमा रियल दोस्रो स्थानमा यथावत रहेको छ।