क्याम्प नोउमा एल्चेको रेकर्ड

एजेन्सी । ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा एल्चेले क्याम्प नोउमा नंया रेकर्ड बनाएको छ । बार्सिलोनासंग ३-२ गोलले पराजित भए पनि एल्चेले रेकर्ड बनाएको हो ।

एल्चेले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा सन १९७८ पछि पहिलो पल्ट गोल गरेको हो ।

एल्चेका लागि टेटे मोरेन्टे र पेर मिल्लाले एक एक गोल गरेका थिए ।

ट्रोबियानीले १९७८ मा अन्तिम गोल गरेका थिए ।

ला लिगाको तालिकामा एल्चे १६ औं स्थानमा रहेको छ ।

उसले १८ खेलबाट १५ अंक जोडेको छ ।