‘क्याप्टेन किलर’ सन्दीप

सिड्नी थन्डरविरुद्ध डेब्यू गर्दै बिग ब्यास लिग खेल्ने पहिलो एसोसिएट्स खेलाडी बनेका सन्दीप लामिछाने अहिले धमका मच्चाइ रहेका छन् । बिग ब्यासका प्रत्येक खेलमा निखारिएको प्रदर्शन गर्दै सन्दीपले विकेट लिइरहेका छन् ।

ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न स्टार्सबाट बिग ब्यास लिग खेलिरहेका सन्दीपले ४ खेलमा ८ विकेट लिएका छन् । आफूले खेलेका प्रत्येक खेलमा विकेट लिँदै विश्वचर्चित खेलाडीलाई पभेलियनको बाटो देखाएका सन्दीप अलिहे विश्व क्रिकेटमा ‘युवा स्टार’का रुपमा उदाएका छन् ।

बिग ब्यासमा ‘हटकेक’ बनेका सन्दीपले अर्को उपमा पनि पाएका छन्, ‘क्याप्टेन किलर’ । सन्दीपले आफूले खेलका चारै खेलमा विपक्षी टिमका कप्तानलाई पभेलियन फर्काएका छन् ।
यसक्रममा सन्दीपले पहिलो खेलमा सिड्नी थन्डरका कप्तान शेन वाट्सनलाई निक लार्किनबाट क्याच आउट गराएका थिए । सन्दीपको बलमा आउट हुनु अघि वाट्सनले १९ बलमा २२ रन बनाए ।

होबर्ट होरिकेन्सविरुद्धको दोस्रो खेलमा पनि सन्दीपले कप्तानलाई आफ्नो स्पिनमा घुमाए । होरिकेन्सका कप्तान म्याथु बाडेलाई सन्दीपले एडम जम्पाबाट क्याच आउट गराएका थिए । सो खेलमा बाडेले ३७ बलमा ५२ रन बनाएका थिए ।

आफ्नो क्याप्टेन किलरको छविलाई निरन्तरता दिने क्रममा सन्दीपले सिड्नी सिक्सर्सका कप्तानलाई पनि आफ्नो शिकार बनाए । उनले सिक्सर्सका कप्तान मोजेज हेनरिसक्सलाई ९ रन बनाएर खेलिरहेका बेला एलबिडब्लु धरापमा पारेका थिए ।
यसैगरी सन्दीपले जारी मेलबर्न डर्बीमा पनि सन्दीपले मेलबर्न रेनिगेड्सका कप्तान टम कुपरलाई आफ्नो शिकार बनाए । सन्दीपले आफ्नो तेस्रो ओभरको अन्तिम बलमा १० रन बनाएका कप्तान कुपरलाई सन्दीपले क्लिन बोल्ड गरेका थिए ।

सन्दीपले ४ खेलमा ६.८१ को इकोनोमी बलिङ गर्दै ८ विकेट लिएका छन् । सन्दीपले सिड्नी थन्डरका शेन वाटसन र कालुम फेर्गुसनलाई आउट गरेका थिए । यस्तै उनले होबर्ट होरिकेन्सका म्याथ्यु वेड, एलेक्स डुलन र बेड म्याक डेरमोटलाई आउट गरे ।

यसैगरी सन्दीपले सिड्नी सिक्सर्सका मोजेज हेनरिसक् र टम कुरानलाई पभेलियन फार्काएका उनले मेलबर्न डर्बीमा रेनिगेट्सका कप्तान टम कुपर आउट गरे ।

सन्दीपले ४ खेलमा ८ विकेट लिने क्रममा १ सय ९ रन खर्चिएकाछन् । सन्दीपले ३ ब्याट्सम्यानलाई एलबिडब्लु आउट गरेका छन् भने ३ क्याच आउट गरेका छन् । यस्तै उनले २ ब्याट्सम्यानलाई क्लिन बोल्ड गरेका छन् ।