२०२२ विश्वकपमा बेल्जियमको क्यानडाविरुद्धको १-०को जितमा बेल्जियमका स्टार मिडफिल्डर केभिन डे ब्रोइना म्यान अफ द म्याच घोसित भए तर सो खेलमा आफु उक्त अवार्डको हकदार नरहेको केभिन डि ब्रोइनाले बताए भने आफुले किन म्यान अफ द म्याच अवार्ड जितेको भनेर नबुझे उनले जनाए।
Kevin De Bruyne on being named player of the match:
“I don’t think I played a great game. I don’t know why I got the trophy. Maybe it’s because of my name.” pic.twitter.com/JLvhOo3Iiz
— B/R Football (@brfootball) November 23, 2022
“मलाई लाग्दैन कि मैले राम्रो यो खेलमा राम्रो खेलेको छु। मलाई थाहा छैन मैले यो अवार्ड किन पाएको छु,” केभिन डे ब्रोइनाले पत्रकारहरूलाई भने।
“हुनसक्छ यो नामको कारण हो तर क्यानाडालाई सो प्रदर्शनको लागि क्रेडिट दिनु पर्छ।”
उनले आफ्नो टोलीको प्रदर्शनको वारेमा थपे: “यो पर्याप्त थिएन, तर हामीलाई के परिवर्तन गर्ने थाहा छ। परिशुद्धताको कमी थियो, मसँग पनि। त्यहाँ लड्ने भावना थियो, त्यो न्यूनतम आवश्यकता हो। ठुलो प्रतियोगिताको पहिलो खेल जहिले विशेष हुन्छ तर मलाई तनाव थिएन, तर म आफ्नो लागि मात्र बोल्न सक्छु। हामीले यसलाई आफ्नै लागि गाह्रो बनायौँ र यसले टोलीमा तनाव उत्पन्न गर्यो।”
Kevin de Bruyne thinks he didn’t deserve the Man of the Match award against Canada. 🤷♂️ pic.twitter.com/637vZ1FVX5
— CBS Sports Golazo ⚽️ (@CBSSportsGolazo) November 23, 2022
अहमद बिन अलि स्टेडियममा बुधवार राति क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले सुखद सुरुआत गरेको हो ।
ब्याट्सुयीले खेलको ४४औँ मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । त्यस अधि खेलको ११औँ मिनेटमा क्यानडाका अल्फन्सो डेभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।
यस जितसँगै समूह ‘एफ’ को बेल्जियमले पहिलो खेलमै ३ अंक जोडेको छ । बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको क्यानडा पुछारमा रहेको छ ।