कौटिन्हो सम्मिलित एस्टन भिल्लाको सहज जित

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा एस्टन भिल्लाले जित दर्ता गरेको छ ।

ब्राइटनबिरुद्ध भएको खेलमा एस्टन भिल्लाले २-० को सहज जित निकालेको हो ।

खेलको १७ औं मिनेटमा म्याटी क्यासले गोल गर्दै अग्रता दिलाएका हुन् ।

६८ औं मिनेटमा वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई २-० को जित दिलाउन सफल भयो ।

जितसंगै एस्टन भिल्ला लिग अंक तालिकाको १२ औ स्थानमा रहेको छ भने ब्राइटन १० औ स्थानमा रहेको छ ।