कौटिन्हो:- “मलाई थाहा छैन अर्को सिजन म बार्सिलोनामा खेल्ने छु वा छैन भनेर।”

बार्सिलोनाका ‘प्ले मेकर’ कौटिन्होले बार्सिलोनामा आफ्नो अनिश्चित रहेको बताएका छन्। कौटिन्हो बार्सिलोनाले साइन गरेको सबै भन्दा महँगो खेलाडी बनेको थिए तर क्लबमा उनले सोचे जस्तो खेल भने देखाएका छैनन् र अर्को सिजन उनि क्लबमा रहने वा क्लब छोड्ने कुरा निश्चित न रहेको उनले बताएका छन्।


“मलाई थाहा छैन मा अर्को सिजन बार्सिलोनामा खेल्ने छु वा छैन भनेर” उनले मीडियाहरु संग कुरा गर्दा भने। “भविष्यको “वारेमा कसैले भन्न सक्दैन र अहिले मा आफ्नो राष्ट्र टोलिको खेलमा र कोपा अमेरिकामा आफ्नो फोकस दिन चहान्छु।” कौटिन्हो क्लब छोड्ने कुरा धेरै चल्दै छ र नेमार फर्काउन बार्सिलोनाले उनलाई पीअसजीमा पठाउन सक्ने खबर पनि आएको छ। २७ वर्षको स्टार आफु म्यान्चेस्टर युनाइटेड नजाने भनेर स्वीकार गरिसकेका छन्।