कौटिन्हो आर्सनल जाने

फिलिपे कौटिन्हो आर्सनल आउने निश्चित भईसकेको फ्रेन्च सञ्चारमाध्यमले दावी गरेको छ ।

एल इक्विपेको दावीअनुसार पूर्व लिभरपुल स्टार कौटिन्हो एक बर्ष लामो लोन डीलका लागि आर्सनल आउने निश्चित भईसकेको बताएको छ । साथै यसबारे आधिकारिक रुपमा घोषणा गर्न मात्र बाँकी रहेको बताइएको छ ।

यद्यपि यी रिपोर्टहरु बाहिर आए तापनि २७ बर्षिय कौटिन्हो हाल बार्सिलोना स्क्वाडसँगै अमेरिकाको फ्लोरिडामा अन्य टिममेटसँग अभ्यासरत छन् । बार्साले अमेरिकामा इटालियन क्लब नापोली विरुद्ध दुई म्याच खेल्दैछ ।

आर्सनलका म्यानेजर उनाई एमरीले यसै साता कौटिन्होको अनुबन्ध बारे सञ्चारमाध्यमहरुले प्रश्न गर्दा उनले त्यसलाई सोझै अस्वीकार गरेका थिए ।

एल इक्विपेका अनुसार कौटिन्होको यो समाचार लेख्ने पत्रकार यसअघि नेमारले पिएसजी छोड्न चाहेको खबर बाहिर ल्याउने पत्रकार नै भएको बताएको छ ।

सन् २०१८ को जनवरीमा लिभरपुलबाट १३०.५ मिलियन पाउण्डमा नाउ क्याम्प आएका कौटिन्होले बार्साका लागि खासै गेमटाईम पाउन सकेका छैनन् । साथै अनेष्टो भालभेल्र्डेको आगमनसँगै कौटिन्हो बार्साको स्क्वाडमा पनि अटाउन छोडेका छन् । यहाँ सम्झिनु पर्ने कुरा त कौटिन्होको बार्सिलोनासँग सन् २०२३ को जुन महिनासम्मको सम्झौता छ ।