कौटिन्होले बार्सा छोड्ने फेरी इंग्ल्याण्ड गन्तव्य हुन सक्ने

फिलिप कौटिन्होका एजेन्टको बार्सिलोनासँग अर्को हप्ता छलफल हुने तयारी रहेको छ।

मुन्डो डिपोर्टिभोका अनुसार उक्त छलफलमा कौटिन्होको बार्सा भविष्यको बारे कुरा हुने छ।

हाल बायर्न म्युनिकमा लोनमा रहेका मिडफील्डरले बार्सा छोड्ने खबर छ र उनको गन्तव्य इंग्ल्याण्ड हुन सक्ने पनि कुरा छ ।

उनको एजेन्ट यसलाई स्पष्ट पार्नेछ कि कौटिन्हो अर्को सीजनमा वर्ष छाड्ने छन् र नयाँ क्लबमा जाने छन् र उनि प्रिमियर लिगमा फर्कन चाहन्छन।

चेल्सी, टोटनह्याम र न्यूकासल यूनाइटेड उनलाई साइन गर्न चासो देखाएका छन्।