कौटिन्होलाई नयाँ क्लब वायर्नमा १० नम्बरको जर्सी

फिलिपे कौटिन्होले जर्मन क्लब वायर्न म्युनिखमा १० नम्बरको जर्सी लगाउने भएका छन् ।

स्पेनिस क्लब बार्सिलोनाबाट एक सिजनको लागि लोनमा क्लब आएका कौटिन्होलाई वायर्नले १० नम्बर जर्सी दिएको हो ।

यस्तै वायर्नले कौटिन्होसँग सोमबार औपचारिक रुपमा सम्झौता समेत गरेको छ ।

लोनमा क्लब आएपनि बार्सिलोनाले वायर्नलाई स्थाई अनुबन्धको अवसर समेत दिएको छ ।