‘कौटिन्होलाई बेच्ने योजना छैन उनि बार्सिलोनामै खेल्ने छन्’

बार्सिलोनाले कौटिन्होलाइ बेच्ने इच्छा नदेखाएको र उनलाई क्लबमै राख्न प्रया बार्सिलोनाले प्रयास गर्न छ भनेर कौटिन्होको एजेन्टले दाबी गरेको छ। £१४२ मिलियनमा बार्सिलोना आएका कौटिन्होले सोचे जस्तो खेल्न नसक्दा उनि क्लब छोडेर जाने कुराहरु चलेको थियो। उनलाई क्लबबाट हटाउनको लागि बार्सिलोना घाटा पनि बेहोर्न तयार रहेको खबर आएको थियो, तर उनको एजेन्टले कौटिन्हो अर्को सिजन क्याम्प नाउ छोड्ने छैनन् भनेर भनेका छन्।

“मैले केहि दिन अगि सामान्य प्रबन्धक संग कुरा गरे र उनले मलाई भने कि कौटिन्होलाई बेच्ने क्लबको केहि योजना छैन र उनले भने कौटिन्होलाई क्लबमै राख्ने छौ चाहे जे होस्, र हामीले उनलाई बेच्न को लागि कुनै क्लब संग कुरा गरेको छैनौ”-एजेन्ट