कौटिन्होको ह्याटि्रकमा बार्यनको फराकिलो जित

जर्मन बुन्डेसलिगा अन्तर्गत सनिबार भएको खेलमा बार्यन म्युनिकले वेर्डेर ब्रेमेन माथी ६-१ को फराकिलो जित निकालेको छ ।

खेलमा वेर्डेर ब्रेमेनले २४ औं मिनेटमा राशिकाको गोलबाट अग्रता लिएको हो ।

त्यसपछि फिलिपे कौटिन्होले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै बार्यनलाइ बराबरीमा ल्यायो ।

केही सेकेन्डमा नै फेरि बार्यनका लेवान्डोस्कीले अर्को गोल गर्दै पहिलो हाफमा २-१ को अग्रता बनाउन सफल भयो ।

६३ औं मिनेटमा फेरि कौटिन्होले गोल गर्दै बार्यनलाइ ३-१ को अग्रता दिलायो ।

७२ औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो गोल गर्दै ४-१ बनायो ।

७५ औं मिनेटमा थोमस मुल्लरले गोल गर्दै खेल ५-१ मा ल्यायो ।

७८ औं मिनेटमा फिलिपे कौटिन्होले ह्याटि्रक गर्दै बार्यनलाई ६-१ को शान्दार जित दिलाउन सफल भयो ।

जितसंगै बार्यन म्युनिक चौथौ स्थानमा उक्लेको छ भने वेर्डेर ब्रेमेन १५ औं स्थानमा रहेको छ ।