कौटिन्होको लागि प्रस्तावहरुको कमिले बार्सिलोना छक्क

बार्सिलोनाका कौटिन्हो क्लब छोड्ने क्रममा रहे पनि उनको माथि अरु क्लबहरुले चासो नदेखाए पछि बार्सिलोनालाइ धक्का पुगेको छ। Mundo Deportivoको अनुसार अरु क्लबहरुको प्रस्ताव नआए पछि बार्सिलोनाका कौटिन्हो झनै शर्मिंदा हुन पुगेका छन् । खबर अनुसार बार्सिलोनाले आफ्नो टिममा ठुलो परिवर्तन गर्ने क्रममा रहेको छ तेही कारण कौटिन्होलाइ बेच्ने छन्।


तर उनको लागि अहिले सम्म गतिलो प्रस्तावहरुको नाए पछि बार्सिलोना छक्क परेको खुलेको छ। कौटिन्होको महँगो मूल्यको कारण उनको लागि प्रस्तावहरुको कमि भएको हुन सक्ने सबैको दाबी छ। कौटिन्हो २०१८मा लिभरपूल छोडेर बार्सिलोना आएका थिए, उनको माथि बार्सिलोनाले £142 मिलियन लगानी गरे पनि उनको प्रदर्शन आशा गरे जस्तो हुन सकेको छैन।