कोहलीसँग क्रिकेट खेल्दै सन्दीप

नेपाली क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने एसिया-११बाट खेल्ने भएका छन् । बंगलादेशले यही मार्चमा आयोजना गर्न लागेको एसिया-११ र विश्व-११ बीचको अन्तर्राष्ट्रिय खेलमा सन्दीपको नाम एसिया-११मा परेको हो ।

बंगलादेशको क्रिकेट बोर्डले आफ्नो राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको शतवार्षीकी जन्मोत्सवको अवसर पारेर एसिया-११ र विश्व-११ बीच दुई सिरिजको अन्तर्राष्ट्रिय प्रतियोगताको आयोजना गर्न लागेको इएसपीएन क्रिक इन्फोले जनाएको छ।

क्रिक इन्फोले भारतीय क्रिकेट टिमका कप्तानविराट कोहलीले एक खेल मात्रै खेल्‍ने छन् भने लामिछाने पनि ‘खेल्‍न सक्‍ने’ बताएको छ ।बंगलादेशको मिरपुरमा मार्च १८ र २१ मा हुने यी प्रतियोगितालाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छ।

एसिया-११मा भारतीय टिमका कप्तान विराट कोहली, केएल राहुल,अफगानस्तानका रशिद खान, श्रीलंकाका लसिथ मालिंगा, बंगलादेशका मुस्ताफिजुर रहमान लगातका खेलाडीहरु समावेश छन्।

त्यसैगरी विश्व-११बाट क्रिस गेल,जोनी ब्रिस्टो,एलेक्स हेल्स लगायतका खेलाडीहरु खेल्दै छन् ।

@Kantipur