कोहलीले तोडे सचिनको १७ वर्ष पुरानो रेकर्ड

रन मेसिनको उप नामले चिनिले भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । कोहलीले वेस्ट इन्डिजविरुद्ध जारी दोस्रो वान डेमा १० हजार रन पुरा गरेका हुन् ।

दोस्रो वान डे खेलमा वेस्ट इन्डिजबीरुद्ध ८१ रन प्रहार गर्दै यो सफलता हात पारेका हुन् । कोहलीले ३६.३ ओभरमा नर्सको बलमा १ रन लिदैँ यो सफलता हात पारेका हुन् । कोहली १० हजार रन पुरा गर्ने भारतीय पाँचौ ब्याटम्यान बनेका बनेका छन् । १० हजार रन पुरा गर्ने विश्वका १३ औँ ब्याटम्यान बनेका कोहली सर्वाधिक छिटो पुरा गर्ने पहिलो ब्याटम्यान बने । छोटो समयमा यस उपलब्धि हासिल गर्ने कीर्तिमान यस अघि १७ वर्ष देखी सचिनकै नाम थियो ।

तर आज (बुधबार) विशाखापटनममा वेस्ट इण्डिजविरुद्ध ८१ रन प्रहार गर्दै कोहलीले सचिनको उक्त रेकर्ड तोड्दै आफ्नो नाममा नयाँ कीर्तिमान बनाउन सफल भए । कोहलीले २ सय १३ खेल तथा २ सय ५ औं इनिङ्ग्समा यो सफलता हात पारेका हुन् । यस अघि अष्ट्रेलियाविरुद्ध मार्च २००१ मा करियरको २ सय ५९ औं इनिङ्ग्समा सचिनले १० हजार रन पुरा गर्दै एकदिवसिय क्रिकेट इतिहासकै पहिलो खेलाडी बनेका थिए ।

भारतका अन्य सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले पनि १० हजार रन पुरा गरेका छन् । गांगुलीले २ सय ६३, धोनीले २ सय ७३ र द्रभिडले २ सय ८७ खेलमा यो उचाईमा पुगेका हुन् ।