कोलम्बियाको लगातार जित संगै क्वाटर फाइनलमा स्थान पक्का

कोपा अमेरिकामा कोलम्बियाले समुह चरणमा दोस्रो जित निकाल्दै एक खेल अवगै क्वाटर फाइनलमा स्थान पक्का गरेको हो ।

बिहिबार बिहान भएको खेलमा कतारलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

मोरुम्बी स्टेडियममा भएको खेलमा कोलम्बियाको जितमा डुभान जापाटा नायक बने । जापाटाले खेलको ८६ औं मिनेटमा कोलम्बियाका लागि निर्णायक गोल गरेका थिए । आमन्त्रित टिमको रुपमा पहिलो पटक कोपा अमेरिका खेलेको कतारले कोलम्बियालाई पहिलो हाफमा रोक्न सके पनि दोस्रो हाफमा उक्त प्रदर्शन दोहोर्याउन सकेन् ।

जितसंगै समूह ‘बी’ को कोलम्बियाले २ खेलबाट ६ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २-० ले हराएको थियो ।

१ अंक जोडेको कतारले पहिलो खेलमा पाराग्वेसंग २-२ गोलको बराबरी खेलेको थियो ।