कोलकाताद्वारा चेन्नई ६ विकेटले पराजित, अब कुन टिम कतिऔं स्थानमा?

आइपिएल सिजन ११ अन्तर्गत जारी ३३ औं खेलमा आज कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । कोलकाताको गृहमैदान ईडन गार्डनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सको टिमले २० ओवरको खेलमा ५ विकेट गुमाई १७७ रन बनाएको थियो र कोलकाता नाइट राइडर्सको टिमले १७८ रनको लक्ष्य पाएको थियो । जसलाई कोलकाताले ४ विकेटको क्षेतीमा १७.४ ओभरको खेलमै पुरा गर्दै चेन्नईलाई ६ विकेटले हराएको थियो ।

कोलकाताको लागि युवा ब्याट्सल्यान शुभमन गिलले ३६ बलमा छ चौका र दुई छक्काको मद्दतबाट नटआउट ५७ रनको पारी खेलेका थिए । त्यस्तै कोलकाताका कप्तान दिनेश कार्तिकले १८ बलमा सात चौका र एक छक्का प्रहार गर्दै नट आउट ४५ रन बनाएका थिए । नटआउट रही यी दुई खेलाडीले सम्मानजनक खेल खेल्दै सहजै कोलकाताले चेन्नईलाई जित्न सक्यो । यस अघि कोलकाताका ओपनरहरु क्रिस लिनले ६ बलमा १२ रन, सुनिल नारिनेले २० बलमा ३२ रन, रोबिन उथप्पाले ८ बलमा ६ रन, र रिंकु सिङले १८ बलमा १६ रन बनाएका थिए ।

कोलकाताको ब्याट्सम्यानहरुको विकेट लिने क्रममा चेन्नईका लुंगी एन्गीदी, केएम असिफ, रविन्द्र जाडेजा र हरभजन सिङले १/१ विकेट लिएका थिए ।

चेन्नईले कोलकातालाई दिएको थियो १७८ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको चेन्नई सुपर किंग्सको टीमले २० ओभरको पुरा खेलमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो र कोलकाता नाइट राइडर्सको टीमलाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । चेन्नईको लागि कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ४३ रन बनाए जबकि शेन वाटसनले ३६ रनको पारी खेलेका थिए ।

चेन्नई सुपरकिंग्सका कुनै ब्याट्सम्यानले सुरुवातमा राम्रो खेल्न सकेनन् । खेलमा सुरेश रैनाले ३१ र फाफ डु प्लेसिस २७ रन बनाएका थिए ।

खेलमा चेन्नईलाई दवावमा राख्दै कोलकाताका लागि सुनील नरेनले चार ओभरमा ३१ रन दिएर २ विकेट हाँसिल गरेका थिए । त्यस्तै पीयूष चावलाले ३५ रन दिएर २ विकेट हासिल गरे । त्यस्तै शिवम मावीले तीन ओभरमा २१ रन मात्र दिए तर उनले विकेट भने लिन सकेनन् ।

आजको खेलमा चेन्नईलाई जित्दै कोलकाता आइपिएल सिजन ११ को तेश्रो स्थानमा छ । उसले ९ खेलमा आजको सहित ५ खेल जित्दै १० प्वाइन्ट जोडेको छ । समान अंक पाएको किंग्स ईलाभेन पंजाव चौथो स्थानमा छ तर पंजाव अगाडी आउने सम्भावना छ । कोलकाताले ९ खेल खेल्दा पंजावले ७ खेल खेलेको छ भने २ पटक मात्र हार व्यहोरेको छ ।