रियाल म्याड्रिडका लेजेण्ड मिगुएल एन्जल गोन्जालेजको विश्वास छ कि ला लिगाका सर्वश्रेष्ठ गोलकीपर रियलका थिबाउट कोर्टियस वा बार्साका स्टेगेन होइनन्।
ex-RMCF Miguel Ángel González: “The GK I like the most right now is Oblak, because of the way he moves in the goal. Then I would put Courtois & then Ter Stegen who does very good things but it is not the style that most I like. I’d pay a little more for Oblak than for Courtois.”
— M•A•J (@Ultra_Suristic) December 25, 2020
उनको सट्टा, एटलेटिको म्याड्रिडका जन ओब्लाक ला लिगाका सबैभन्दा उत्कृष्ट गोलकीपर रहेको गोन्जालेजको विश्वास छ।
Real Madrid great Miguel Ángel González: I’d pay more for Oblak than Courtois https://t.co/Ddi2HaTmuR #football #news #sport pic.twitter.com/99zjge2sl1
— DAVID PREMIER (@davidpremier) December 25, 2020
उनले रेडियो मार्कालाई भने: “गोलकीपरहरुमा मलाई अहिले सबैभन्दा मन पर्ने ओब्लाक हुन्, उनको गोल पोस्टमा चाल निकै राम्रो हुने गर्छ। ओब्लाकलाई म सबैभन्दा अगाडी राख्छु अनि मात्र कोर्टियस र त्यसपछि (मार्क-आन्द्रे) टेर स्टेगेन राख्छु जसले धेरै राम्रो काम गर्छन तर त्यो मलाई मनपर्ने शैली होइन।
“कोर्टियस भन्दा म ओब्लाकको लागि धेरै तिर्नेछु।”