टोटनह्यामका स्टार मिडफिल्डर डेले अल्लीले नोभल कोरोनोभाइरसलाई लिएर सामाजिक संजालमा मजाक गरे पछि सामाजिक संजालमा धेरैले उनको आलोचना गरेका छन् र उनले माफी मागेका छन्।
२३ वर्षिय अल्लीले स्न्यापच्याटमा एउटा भिडिओ राख्दै कोरोनोभाइरसको महामारीलाई हाँसोमा उडाउँदै र एक एसियाई पुरुषको मजाक उदाएका थिए।
🤦♂️ Dele Alli’s jokes about the coronavirus have forced an apology… pic.twitter.com/bK1Uih1lNI
— RT Sport (@RTSportNews) February 10, 2020
पछि उनले सो पोस्ट हटाउँदै चिनियाँ सामाजिक संजाल विबिबोमा अर्को भिडिओ पोस्ट गर्दै माफी मागेका थिए।
‘मैले आफू र क्लबलाई तल पारें’ भन्दै उनले माफी मागेका छन्।
यो घटनापछि फुटबल एसोसिएसनले अल्लीसँग घटनाका बारेमा उनको दृष्टिकोण मागेको छ।
चीनमा हालैका दिनमा फैलिरहेको कोरोना भाइरसका कारण ९ सय जना भन्दा बढीको ज्यान गइसकेको छ भने संक्रमणका ४० हजार मामिलाहरु पुष्टि भइसकेका छन्।
“I let myself down and the club”.
Dele Alli has apologised for a post on social media about coronavirus.
More here ➡️ https://t.co/LTXacaKSkU pic.twitter.com/S9fbRd3Z57
— BBC Sport (@BBCSport) February 10, 2020
अल्लीले पोस्ट गरेको भिडिओमा उनलाई विमानस्थलको लङमा मास्क लगाएको देख्न सकिन्छ। त्यसपछि उनले एसियाई मूलका मानिसको अनुहार क्यामरामा देखाउँछन् र पछि एन्टिसेप्टिक ह्यान्ड वासको बोतललाई जुम गर्छन्।
‘यो वास्तवमै रमाइलो थिएन र मैले तुरुन्तै यसलाई महशुस गरें र यसलाई हटाए। मैले मलाई र क्लबलाई तल झार्ने काम गरें’, उनले भने।
‘यो कुनै ठट्टा गर्ने विषय थिएन। चीनमा रहेका सबैलाई मेरो माया, सदभाव र प्राथना छ।’