कोरोना भाईरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले€१ मिलियनको सहयोग गरेका छन् ।
स्पेनमा पनि कोरोनाको संक्रमण बढ्न थालेको छ र मेस्सी र ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि जनही एक मिलियन युरो सहयोग गरेका हुन् ।
मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् ।
ग्वार्डीओलाले मेडिकल सामाग्री खरिदका लागि उक्त रकम सहयोग गरेको बताईएको छ । हाल इङ्लिस प्रिममियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओला बार्सिलोना स्थित आफ्नै घरमा बसेका छन् । पछिल्लो समय युरोप कोरोनाको संक्रमणबाट बढी प्रभावित बनेको छ ।
कोरोना भाईरसले स्पेनमा ठूलो क्षति पुर्याएको छ । स्पेनमा कोरोनाबाट दुई हजार ६ सय ९६ जनाको मृत्यु भएको छ भने ४० हजार मानिसलाई कोरोनाको संक्रमण देखिएको अन्तर्राष्ट्रि«य सञ्चार माध्यमले जनाएका छन् ।