कोरोनामुक्त भए रुगानी र माटुईडी

इटालियन क्लब युभेन्ट्सका रक्षक ड्यानियल रुगानी र मिडफिल्डर ब्लेस माटुईडी कोरोनाबाट मुक्त भएका छन् ।

रुगानी र माटुईडी युरोपमा कोरोना भारईरकिो संक्रकण सुरु हुनासाथ संक्रमित हुने पहिलो खेलाडी हुन् ।

लामो समय आइसोलेसनमा बसेर उपचार गराए पछि उनीहरु कोरोनाबाट मुक्त भएका हुन् । दुवै खेलाडी कोरोनाबाट पूर्ण रुपमा निको भएको युभेन्ट्सले जनाएको छ ।

उनीहरुको दुई पटक गरिएको स्वाब परिक्षणको नतिजा नेगेटिभ आएको पनि क्लबले उल्लेख गरेको छ ।

इटाली कोरोनाको संक्रमण बढी फैलिएको देश हो । कोरोनाका कारण इटालीमा २१ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । खेलकुद लगायत अन्य गतिविधिपनि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

@Ratopati