कोम्यान भन्छन “सबैले राम्रो खेले, हामीले चादै उपाधीको लागि प्रतिस्पर्धा गर्न सक्छौ”

बार्सिलोनाले ग्रेनाडालाई अर्को सहज जित हात पारे पछि प्रशिक्षक रोनाल्ड कोम्यानले येस्तै लय कायम राखेमा उपाधीको लागि प्रतिस्पर्धा गर्न सक्ने बताएका छन

लिओनेल मेस्सी र एन्तोइन ग्रिज्म्यानले २-२ गर्दै बार्सिलोनाले ग्रेनादालाई ४-० को फराकिलो जित हासिल गरे। यो जितसंगै बार्सिलोना तेस्रो स्थानमा रहेको। त्येतै एट्लेटिको म्याड्रिड ३ खेल खेल्न बाकी रहेको अवस्थामा बार्सिलोना भन्दा ४ अंक माथी रहेको छ।

“उपाधी जित्न एक जना खेलाडिले गरेर मात्र हुदैन”, कोम्यानले पत्रकारलाई भने “यो चाहिँ टिमको मनसिकतामा भर पर्छ”।

“सबैले राम्रो खेल्यो भने हामिले उपाधीको लागि प्रतिस्पर्धा गर्न सक्छौ। हामीले शीर्ष स्थानको टिम भन्दा तल रहेता पनि यो हप्ता हामिले राम्रो खेल्यौ र येस्ले हामीमा बिस्वास बदाउछ”।