कोम्यानले गरे गिृजम्यानको प्रशंसा

बार्सिलोनाको प्रशिक्षक रोनाल्ड कोम्यान एन्तोइन गिृजम्यानले ओसासुनाबिरुद्ध देखाए प्रदशन देखि खुशी रहेको बताए।

फ्रेन्च स्टारले गोल र अस्सित गर्दै टोलिलाई ४-० को सहज जित दिलाए। त्येसै गरि ब्रैथ्वैत, मेस्सी र कोउटिन्होले पनि गोल गरे।

गिृजम्यानले ओसासुनाबिरुद्ध गोल गर्दै आफ्नो गोल संख्या ३ पुराए। होल्यान्डको लेजेन्ड ब्यान बस्तेनले मेस्सी र गिृजम्यानले एक अर्कासंग राम्रो साझेदारी नगरेको भन्दै आलोचना गरेका थिए। यी दुई खेलाडी बिचको सम्बन्धलाई लिएर विभिन्न टिका-टिप्पणीहरु पनि भए।

कोम्यानको अनुसार ओसासुनाको खेलमा गिृजम्यानको प्रदशनले ठप उन्लाइ हौशला मिल्ने बताए।

“आज गिृजम्यानको प्रदशन हामी सबैले हेर्न चाहेको अनुरुप थियो। उस्ले कडा लदाइका साथ खेल्यो र मेहनत पनि गर्यो। उस्ले एउता गोल र अस्सित पनि गर्यो। उस्ले जहिले पनि कडा प्ररिश्रम गर्ने खेलाडी हो र आजको गोल पछि उस्लाई अझ ठप हौसला मिल्ने छ”।

यो जितसंगै बार्सिलोना आठौ स्थानमा उक्लिएको छ। पहिलो स्थानको रियल सोसियाड्याडसंग अंक दुरि ९ रहेको छ। बार्सिलोनाको अर्को खेल हुङेरियन टोलि फेरेन्सेवारोसविरुद्ध यो बुधबार खेल्ने छ।