कोम्यानद्वारा बार्साका युवा मिडफिल्डरलाई नयाँ क्लब खोज्न आग्रह

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले युवा मिडफिल्डर रिकी पुजलाई नयाँ क्लब खोज्न आग्रह गरेको खबर छ।

खबर अनुसार रिकी पुज उनको बार्सा योजनामा हुने छैनन् र उनलाई क्लबले बेच्ने वा लोनमा पठाउने बारे छलफल गर्ने छ। कोम्यानले उनलाई गाम्पर ट्रफीको खेलमा पनि खेलाएका थिएनन् र उनले युवा मिडफिल्डरलाई हालै धेरै प्रयोग नगर्ने कुरा स्पष्ट गरेका छन्।

१-०को जीत पछि, डच कोचले बार्सा टिभीलाई भने: “यो सत्य होइन कि म उहाँमा भरोसा राख्दिन। मैले हिजो प्रशिक्षण भन्दा पहिले उहाँसँग कुरा गरें र म स्पष्ट छु कि युवा खेलाडीहरूले खेल्नु पर्छ र मैले त्यो कुरा भने उनलाई ।

“यो [कार्लस] एलेना र पेद्रीलाई पनि लागू हुन्छ। रिकी जस्तै युवाहरूले पनि भाग लिनु पर्छ र मैले उनलाई भने कि यो उनको लागि एकदमै कठिन हुनेछ। किनभने उनीसँग धेरै प्रतिस्पर्धा हुनेछ।

“मैले उनलाई भने कि उनको भविष्य यहाँ छ र हाम्रो विचारमा उनी बार्सामा विजय पाउने सक्षम छन्।

उनको लागि लोन सम्झौता राम्रो हुने बारे कोम्यानले भने “यो एक सम्भावना हो, तर यो अन्य युवा खेलाडीहरूका लागि मूल्यवान हुन सक्छ। २० बर्ष उमेरका खेलाडीहरुले खेल्नु पर्छ र खेल अवरोध हुन हुदैन।

“हामीले यी तीन हप्तामा निष्कर्ष निकालेका छौं र बार्सामा रिकीसँग धेरै प्रतिस्पर्धा छ।”