कोम्यानको बार्शामा १०० दिन पुरा।

सिजनको सुरुवातमा रोनाल्ड कोम्यान बार्सिलोनासंग आवद्ध हुदा धेरै फुटबल बिज्ञहरुले उन्ले प्रभाव पार्न केही समय लाग्ने आकलन गरेका थिए। तर त्यो समय समाप्त हुने तर्खरमा छ।

कोम्यान बार्शामा आउदा क्लब जटिल समयबाट गुज्रिरहेको थियो, क्ल्बमा आर्थिक संकट तथा कम्जोर बेबस्थापन त्येस्तै अध्यक्षको कार्यकाल समाप्तको संघारमा र स्टार खेलाडी मेस्सी क्ल्ब छोड्ने होडमा थिए।

कोम्यानको पहिलो १०० दिनको मुख्य बुँदाहरू छन्।

बेवस्थापन

बार्शामा केहि निश्चित छ भने त्यो प्रशिक्षकको अधिकार हो, जुन उसले स्पष्ट रूपमा द्रुत रूपमा स्थापित गरेको छ।

त्यो अधिकारको साथ, यसले कोम्यानलाई निर्णय लिन र कदमहरू लिन अनुमति दिँदछ जुन खेलाडीहरूले सम्मान गर्नुपर्छ।

खेल्ने शैलि

यो स्पष्ट छ कि त्यहाँ बार्सिलोनाको खेल को शैलीमा परिवर्तन आएको छ, तर यो अझै पनि बार्सिलोनाको उत्कृष्ट प्रदशनहरुबाट ​​टाढा छ।

टोलीले पोसेसन आफुसंग नहुदा हाइ प्रेस गर्ने गर्छ, तर बल आफ्नो नियन्त्रणमा हुदा ढिलो सर्कुलेशनको कारण प्रभाव पार्न संघर्ष गर्ने गरेको देखिन्छ।

मेस्सी

कोइमानको प्रमुख कार्यहरू मध्ये एउटा मेस्सीको खेलमा प्रभाव पार्नु हो। यो सिजन मेस्सी खासै मैदानमा जम्मन सकेको छैन। मेस्सी र उन्को प्रशिक्षक कोम्यान बिच राम्रो सम्बन्ध रहेको देखिन्छ। जुन अघिल्लो प्रशिक्षक सेटिनको तुलनामा राम्रो मानिन्छ।

परिणाम

च्याम्पियन्स लिगमा टिमको प्रदशन सन्तोषजनक रहे पनि ला लिगामा भने संघर्षरत छन।

यो सिजन क्लबको २९ बर्ष यताको खराब शुरुवात रहेको छ।
लिगमा प्रारम्भिक अंक गुमाउनु बार्शाको लागि भर्पाइ गर्न गाह्रो देखिन्छ।

प्रष्ट वक्ता

कोम्यान एउता स्पष्ट बक्ता हो। उन्ले ड्रेसिंग रुममा होस वा पत्रकार सम्मेलन, आफ्नो भनाइ राम्रोसंग राख्ने गर्छ्न।

कहिलेकाँही ऊ अलि कुटिल देखिन्छ, तर ऊ केहि मनपर्दैन भने भन्नबाट लुक्दैन र यो उनको स्तरको  प्रशिक्षकको लागि सामान्य कुरो होइन।

प्रशिक्षण

भूतपूर्व एभर्टन प्रशिक्षकले टोलिको प्रशिक्षण शैलीमा परिवर्तन ल्याएको छ। उन्ले आफ्नो टोलिबाट धेरै अपेक्षा राखेको छ र खेलाडिहरुले प्रशिक्षणको दौरान आफ्नो १००% माग गर्छ्न।

रणनीति

शुरू देखि नै, प्रशिक्षकले ४-२-३-१ को रणनिती अपनाएको छ। फ्रन्की डि योङ र सर्गियो बुस्केटसलाई आफ्नो मिड्फिल्डको जिम्मा दिएका छ्न।

युवा माथीको बिश्वास

कोम्यान युवा प्रतिभालाई मैदानमा खेलाउन डराउँदैनन्, उनीहरूको उमेरको बावजुद, यस सिजन अन्सु फ्याटी र पेद्री लगायतका केही प्रतिभाहरु छन।

क्लबको मान्छे

नेदरल्याण्ड्सका पूर्व प्रशिक्षकलाई यो थाहा छ कि यो क्लबको लागि एउटा कठिन समय हो र उसले आफूसँग भएको काम गर्न पाउँदा खुशी छ, उसले चाहेको खेलाडी नभित्रिदा पनि उन्ले कुनै गुनासो पोखेको छैन।