कोम्यानको पद जोखिममा

एजेन्सी, बार्सिलोनाको ला लिगा उपाधी जित्ने सपना समाप्त भएको छ। जारी सिजन बार्सिलोनाले मात्र एउटा उपाधी जित्न सफल भएको छ। एट्लेटिक बिल्बाओलाई हराउदै कोपा डेल रेको उपाधी जितेको हो।

रोनाल्ड कोम्यानको टोलिले अघिल्लो खेलमा सेल्टा भिगोसंग २-१ गोल अन्तरले पराजित भए पछि अन्तिम खेल आइबारविरुद्ध सान्त्वना मात्र हुनेछ।

पछिल्लो केही खेलमा राम्रो नतिजा ल्याए पनि बिगतका हारका कारण कोम्यान आफ्नो भबिस्य अन्योलमा पारेको छ। ग्रेनेडा र सेल्टा भिगोसंगको हार र एट्लेटिको म्याड्रिड र लेभान्टेबिरुद्ध बराबरीले उपाधी हौडमा समाप्त त पार्योनै कोम्यानको पद पनि अनिश्चित पारेको छ।

बार्सिलोनामा कोम्यान अर्को सिजन हुने वा नहुने शंका उब्जिएको छ। अध्यक्ष जोअन लापोर्टा र उन्का बोर्डका सदस्यले कोम्यानलाई अर्को सिजन प्रशिक्षकमा निरन्तर दिने वा नदिने निर्णय लिएको छैन।

गत मार्चमा अन्तर्राष्ट्रिय फुटबलबाट फर्किए पछि बार्सिलोनाको प्रदशनमा खासै राम्रो हुनसकेको छैन।