कोमनले मेस्सीलाई भनेका थिए “अब बार्सामा तपाईको विशेषाधिकारको अन्त्य हुने छ”

मेस्सीले बार्सा छोड्ने कुरा निश्चित गरे र खबर छ, यो निर्णयको पछाडी नयाँ बार्सिलोना कोचको स्पष्ट शब्दहरूको पनि भूमिका छ। लिओ मेस्सी बार्सिलोना छोड्न चाहन्छन् जसको एक मुख्य कारण उनी नयाँ प्रशिक्षक रोनाल्ड कोमनसँग काम गर्न अनिच्छुक हुनु हो।

च्याम्पियन्स लिगको लजास्पद हार पछि क्लबमा धेरै अनिश्चितता भएको बेला मेस्सीले क्लब छोड्ने निर्णय लिए पछि विश्व खेल जगत स्तब्ध बनेको छ। मेस्सीको उक्त निर्णयमा नयाँ कोच कोमनको ठुलो भूमिका रहेको खबर आएको छ।

खबर अनुसार मेस्सी संग कोमनको बैठकमा कोमनले क्लबमा परिवर्तन हुने र टोलिमा मेस्सीको विशेषाधिकार र नियन्त्रणको अन्त्य हुने बताएका थिए।

“टोलीमा तपाईको विशेषाधिकारको अन्त्य हुने छ, तपाईले टोलीको लागि सबै गर्नु पर्छ। अब अप्ठ्यारो हुने भए म पनि धेरै निर्णय लिने छु, तपाईंले टोलीको बारेमा सोच्नु पर्छ।” कोमनले मेस्सीलाई भने।

कोमनका यी स्पष्ट शब्दहरूले उनको क्लब छोड्ने निर्णयमा ठुलो भूमिका खेलेको कुरा छ। मेस्सीको नयाँ क्लब कुन हुने बारे केहि खुलेको छैन भने धेरै क्लबहरुले उनलाई साइन गर्न आफ्नो चासो देखाउने क्रम बढेको छ।