‘कोमनको नेतृत्वमा काउटिन्हो बार्सिलोनाको मिडफील्डको महत्त्वपूर्ण भाग हुनेछन्’

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोमन फिलिप काउटिन्होलाई यस सीजनमा नयाँ मौका दिन तयार रहेका छन्।

उनले बायर्न म्युनिखको लोनमा एक सिजन बिताएका थिए जहाँ उनले च्याम्पियन्स लिग जिते र हाल उनि आफ्नो मुख्य क्लब बार्सामा फर्किएका छन्। बार्सामा उनको भविष्य केहि अन्योल रहेको कुरा हुँदा कोमनले भने उनले ‘नयाँ’ बार्साको मिडफील्डमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

कोमनले आउँदो सिजन उनलाई केन्द्रीय मिडफिल्डरको रूपमा प्रयोग गर्ने योजना बनाएका छन्, अर्नेस्टो भाल्भर्डेले उनलाई विंगरको रुपमा खेलाएका थिए।

उनलाई बेच्नेबाट पनि बार्सा पछि भने परेको छैन राम्रो रकमको साथ स्थायी स्थानान्तरणको प्रस्तावलाई बार्साले सुन्नेछ भने दाबी रहेको छ।

२०१८मा लिभरपुलबाट £१४५ मिलियनमा बार्सा आएका काउटिन्होको भविष्य अन्योल देखिन्थ्यो आशा गरे जस्तो खेल उनले बार्सामा देखाउन नसके पछि उनले धेरै खेल समय पाएका थिएनन् भने उनि बायर्नमा लोनमा गएका थिए जहाँबाट खेल्ने क्रममा बार्सा बिरुद्धको खेलमा उनले २ गोल र एक असिस्ट गर्दै ८-२ जित निकाल्न आफ्नो लोन क्लबलाई मद्दत गरे भने उनले ट्रेबेल पनि जिते ।