कोमनको अनौठो रेकर्ड

एजेन्सी, लिग उपाधीको कुरा गर्ने हो भने किगंस्ले कोमनको शतप्रतिशत नतिजा रहेको छ। उन्ले ब्यावसाहिक फुटबल खेलेको दशक बित्दा हरिक सिजन लिग उपाधी जित्न सफल भएका छन।

शनिबार राती बायर्नले बोरुसिया मोन्चेनग्लाड्बकलाई ६-० गोलको फराकिलो अन्तरले हराउदै नवौं पटक लगातार लिग जित्न सफल रह्यो। त्येस्तै कोमनले १० वटा लिग उपाधी जिते।

उन्ले आफ्नो करिअर पिएसजीबाट सुरु गरेका थिए। उन्ले २०१२/२०१३ सिजनमा पिएसजीका लागि १६ बर्षको उमेरमा डेब्यु गरेका थिए। उक्त सिजन एक खेल मात्र खेलेका कोमनको लिग जिताउनमा योग्दान भने थिएन।

पछिल्लो सिजनमा पनि उन्ले दुई खेल मात्र खेल्न पाए। सो सिजन पनि पिएसजीले लिग उचालेका थिए।

२०१४ मा उनी युभेन्टस तर्फ लागे। उन्ले त्यहा दुई सिजन बिताउदा दुई सिजननै लिग जित्न सफल भए।

उनी २०१६ मा बायर्न म्युनिखसंग आबद्ध हुन पुगे। कोमनले बायर्नमा लगातार छैठो पटक लिग जित्न सफल भए। उमेरले मात्र २४ बर्षका कोमनले गत सिजन च्याम्पियन्स लिग फाइनलमा एक मात्र गोल गर्दै च्याम्पियन्स लिग जिताए।

त्यस्तै तिन वटा डिएफबि पोकल, एउटा कोपा इटालिया, एउटा कोपा डे ला लिग, चार जर्मन सुपर कप, आदि उपाधीहरु जितिसकेका छन।