माटिओ कोभासिचले सादियो मानेको टाउकोमा बलले प्रहार गरे पछि मानेले रिसाउदै उन्को घाटिमा हात हाल्न पुगे।
Kovacic my guy🔵👀 #CHELIV #Mane #Kovacic pic.twitter.com/EJI5jyxBJk
— lucas (@lucas_m2k21) March 5, 2021
थोमस टुचेलको चेल्सीले लिभरपुललाई एन्फिल्डमा १-० गोल अन्तरले पराजित गर्न सफल रहयो। यो हारसंगै लिभरपुल प्रिमियर लिगमा घरेलु स्टेडियममा लगातार पाचौं हार बेहोरेको छ। यो क्लब इतिहासमा पहिलो पल्ट हो। उक्त खेलमा सो घटना घटेको थियो।
एन्टोनियो रुदिगरले मानेलाई मैदानमा लडाए। माने मैदानमै लडेको अवस्थामा नजिकैबाट कोभेसिचले बल उन्को टाउकोमा प्रहार गरेका थिए। उक्त घटना पछि माने उठेर कोभासिचसंग लड्न पुगे।
why are people acting like kovacic is the big man for this?? Guy waited until MANE was on the ground then kicked the ball at his head pic.twitter.com/atyC4pb6Ge
— Benjamin (@LfcBenjamin_) March 5, 2021
कोभासिचले मानेलाई बलले प्रहार गरे पछि उनी हासे पछि मानेले उन्को घाटिमा हात हाल्न पुगे।
सो खेलमा मेशन माउन्टले निर्णायक गोल गर्दै खेलको एक मात्र गोल गर्दै चेल्सीलाई जिताए। उक्त जितसंगै चेल्सीको १० खेलमा अपराजित यात्रा कायम गरेको छ।
यो जितसंगै चेल्सी अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ। त्यस्तै लिभरपुल हार पछि सातौं स्थानमा यथावत् रहेको छ। च्याम्पियनस लिग स्थानबाट चार अंक तल रहेको छ।