कोपा डेल रे मा रियल र बार्साको जित

स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा रियलले मेलिल्लालाई ४ – ० ले हराएको हो ।

कार्यवाहक प्रशिक्षक स्यान्टियागो सोलारीको नतृत्वमा रहेको रियलले उसैको मैदानमा मेलिल्लालाई हराएको हो । रियललाई जित दिलाउन करिम बेन्जिमा, मार्को एसेन्सियो, अल्भोरो ओड्रिओजोला र क्रिस्टो गोन्जालेजले एक एक गोल गरे ।

त्यसै गरि अर्को खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित लिओनेसालाई १ – ० ले हराएको हो । लिओनेसाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन क्लेमेन्ट लेङलेटले निर्णायक गोल गरे । लेङलेटले खेलको अन्तिम मिनेटमा गोल गर्दै पहिलो लेगमा बार्सिलोनालाई १ – ० को अग्रता दिलाएका हुन् ।