कोपा डेल रे फाइनलमा बार्सा बिरुद्ध बेलको त्यो उत्कृष्ट सोलो गोल

रियल म्याड्रिडमा ग्यारेथ बेलको क्यारियर हाल अनिश्चित देखिन्छ। वेल्शम्यान अहिले विश्व स्तरीय प्रतिभा भन्दा रियलमा बेन्चका पात्र बनेका छन्।

केहि खराब फोर्म र व्यवस्थापनबाट विश्वासको कमीको मतलब बेलले हाल खेल समय पाएका छैन, तर हामीले लस ब्लान्कोसमा उनको आगमन कति उत्कृष्ट थियो भनेर बिर्सनु हुँदैन।

२०१३मा बेल टोटेनह्यामबाट £८५ मिलियन रियल आएका थिए र कोपा डेल रे र च्याम्पियन्स लिग जित्दै आश्चर्यजनक पहिलो अभियानको आनन्द उनले लिए।

दुबै प्रतियोगिताको फाइनलमा बेलले गोल गरे र बार्सिलोना बिरूद्धको अन्तिम चरणको गोल अझै पनि धेरै फ्यानहरुको स्मृतिमा रहेको छ।

खेलको ८५ औं मिनेटमा, स्कोर १-१ रहेको समयमा, बेलले उत्कृष्ट दौड लगाउँदै मार्क बार्ट्रालाई पछि पारेर निकै उत्कृष्ट गोल गरेका थियो सो गोलको प्रसंसा बार्सा फ्यानहरुले पनि गरेका थिए।

सो गोलबाट बेलले ला लिगामा आफ्नो आगमनको घोषणा गरेका थिए र उनि फ्यानहरुका प्रिये बनेका थिए।

युसेन बोल्टले पनि बेलको प्रसंसा गरेका थिए: “बेलले गरेको जस्तो गोल विश्वमा सबै स्प्रिन्टरको चाहना रहेको छ। उनि विश्वमै सब भन्दा तेज फुटबलर हुन्।”

दुःखको कुरा: हाल बेल रियलमा खुसी छैनन र खेल समयको लागि संघर्ष गर्दै छन् उनि क्लब छोड्न तयार रहे पनि सो कुरा सफल हुन सकेको छैन।