कोपा इटालीयाको जित पछी रोनाल्डोले बनाए इतिहास

एजेन्सी, पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले फेरि पनि नयाँ इतिहास बनाएका छन्। उनी इङ्ल्याण्ड, स्पेन र इटालीका सबै महत्वपूर्ण घरेलुु ट्रोफी जित्ने पहिलो खेलाडी बन्न सफल भएका छन्। युभेन्ट्सले अट्ल्यान्टासँग २-१ को अन्तिम नतिजा निकाली कोपा इटालीयाको उपाधी जिते पछी रोनाल्डोले यो उपलब्धि हात पार्ने सकेका हुन्।

रोनाल्डो इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडमा अनुबन्ध हुँदा रोनाल्डोले प्रेमियर लिग, एफ.ए कप, लिग कप र सुपर कप जित्न सफल भएका थिए भने स्पेनिस क्लब रियल म्याड्रिडमा रोनाल्डोले ला लिगा, कोपा डेल रे र सुपर कोपा जित्न सफल भएका थिए। युभेन्टसमा रोनाल्डोले सिरि ए, कोपा इटालीया र सुपर कोप्पा गरि रोनाल्डोले तीन वटै देशहरुको सबै महत्त्वपूर्ण घरेलु ट्रोफीहरु जितेका छन्।
३६ वर्षका रोनाल्डोले स्पोर्टिङ, म्यान्चेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्स गरि चार वटा छुट्टाछुट्टै देशका क्लबहरुमा खेली सकेका छन्। रोनाल्डोले आफ्नो क्लब करियरमा ८९६ खेल खेली सकेका छन् जस्मा उन्ले ६७४ गोल गर्न सफल भएका छन्।