कोपा इटालियाको फाइनलमा युभेन्टस र नेपोली भिड्ने

कोपा इटालिया अन्तर्गत गएराति भएको अन्तिम सेमिफाइनल खेलमा नेपोली र इन्टर मिलानले एक\एकको बराबरी खेलेका छन् । यो सँगै कोपा इटालियाको उपाधिका लागि युभेन्टस र नेपोली भिड्ने निश्चित भएको छ ।

गएराति भएको खेलको सुरु मै नेपोलीले इन्टर मिलानलाई गोल गरेको थियो । खेलको दोस्रो मिनेटमा नै मिलानका क्रिस्टियन एरिक्सनले गोल गर्दै अग्रता दिलाएका थिए । तर त्यो अग्रता खेलको अन्त्यसम्म जोगाउन नसक्दा खेल बराबरीमा टुङ्गिन पुगेको थियो ।

खेलको हाफ समय अन्त्य हुन लाग्दा इन्टर मिलानका मार्टेन्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि प्रतिस्सपर्धातमक बनेको खेलमा कुनै पनि टिमले गोल गर्न सकेका थिएनन् ।

पहिलो लेगमा नेपोलीसँग इन्टर मिलान १-० ले पराजित भएको थियो । गएरातिको खेल बराबरी भएसँगै इन्टर मिलानको एक गोल र नेपोलीको २ गोल भएको छ ।

युभेन्टस यसअघि नै एसी मिलानलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । उपाधिका लागि युभेन्टस र नेपोली बीचको खेल १७ जुनमा हुने छ ।